Logo

नेप्से आज १६ अंकले बढ्यो, १ अर्बमा कारोबार सिमित



काठमाडौं, १० जेठ । शेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसुचक १६ दशमलव ३२ अंकले वृद्धि हुँदा १ अर्ब ८८ करोड ८३ लाख बढीको शेयर कारोबार भएको हो ।

नेप्से परिसुचक आज २२१७ दशमलव १९ विन्दुमा पुग्दा २१ हजार ७०९ पटक शेयर कारोबार भएको छ । शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ६२ अंकले बढेर ४३२ दशमलव ६७ विन्दु कायम भएको छ ।

मंगलबार २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्