Logo

सरकारको नीति तथा कार्यक्रम उद्देश्यहीन छ : योगेश भट्टराई



काठमाडौं, १० जेठ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रम उद्देश्यहीन रहेको टिप्पणी गरेका छन् । संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धन सरकारको नीति तथा कार्यक्रममा कुनै उत्साह र आकर्षण नभएको पनि दाबी गरे ।  उनले भने,‘यो परम्परावादी छ । यसमा कुनै उत्साह छैन । यो सपनाविहीन, उद्देश्यविहीन, गन्तव्य विहीन र यथास्थितिवादी छ । यसले मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गर्दैन ।’\

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्