Logo

बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि



काठमाडौं, जेठ ११ । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन्।

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २ सय ५१ मत प्राप्त गरेका छन्।

कांग्रेसकी सिंहले ३२ हजार ८ सय २२ मत ल्याएकी छन्। बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन्। एमालेका स्थापितले ३२ हजार ८ सय ७ मत प्राप्त गरेका छन्। उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन्।



प्रतिक्रिया दिनुहोस्