Logo

नीति तथा कार्यक्रम इतिहासकै फितलोः एमाले



काठमाडौं, जेठ ११ । सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम इतिहासमै फितलो भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले टिप्पणी गरेको छ । संसद् परिसरमा प्रतिक्रिया दिँदै एमाले नेताहरूले सत्तापक्षकै सांसदहरूले नीति तथा कार्यक्रमको समर्थन गर्न नसकिने बताएका हुन् ।

एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले नीति तथा कार्यक्रमाथि इतिहासकै सबैभन्दा कमजोर र फितलो नीति तथा कार्यक्रम भएको टिप्पणी गरे । नीति तथा कार्यक्रम पेस हुँदा एउटा पनि ताली नबजेको टिप्पणी गर्दै उनले कार्यक्रममा समेटिनुपर्ने विषयवस्तु नसमेटिएको बताए ।

त्यसै गरी एमाले सचिव योगेश भट्टराईले पनि नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पूरा नगर्ने प्रतिक्रिया दिए। समस्या सम्बोधन गर्ने कुनै विकल्प नभएको बताउँदै उनले आउने वर्ष देशले डरलाग्दो आर्थिक संकट सामना गर्नुपर्ने चेतावनी दिए । सरकारको नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै भएको टिप्पणी गर्दै उनले भने,– ‘यो सरकार जति समय रहन्छ, समयको बर्बादी मात्र हो ।



प्रतिक्रिया दिनुहोस्