Logo

मेक्सिको: बन्दुकधारीको हमलामा ११ जनाको मृत्यु



काठमाडौं, जेठ ११ । मेक्सिकोको मध्य शहर सेलायामा रहेको एउटा होटल र दुई ओटा बारमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउदा ११ जनाको मृत्यु भएको छ । आक्रमणमा पाँच जना घाइते भएका छन् । आक्रमणपछि बन्दूकधारीहरुले होटलमा आगो लगाइदिएका थिए ।

शवहरु टेबल र कुर्चीमा छरिएको अवस्थामा फेला परेका छन् । आक्रमणको उद्देश्य प्रष्ट हुन सकेको छैन् । मेक्सिकोमा आपराधिक समूहले बारम्बार सर्वसाधारणलाई निशाना बनाउने गरेका छन् । त्यहाँ लागुऔषध, तस्करीका कारण आपराधिक गतिविधि निरन्तर बढिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्