Logo

राजापुर नगरपालिकाका मेयरको पहिलो निर्णयः राजनीतिमा लागेको शिक्षकलाई सात दिनभित्र पदमुक्त



बर्दिया, जेठ ११ । बर्दियाको राजापुर नगरपालिकाको मेयरमा निर्वाचित दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकलाई पदबाट हटाउने निर्णय गरेका छन् ।

मेयरमा निर्वाचित थारुले आफ्नो पहिलो निर्णयमा राजनीतिमा सक्रिय शिक्षकहरुलाई राजीनामा गराउन नगरभित्रका सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेका छन् ।

मेयर थारुले शिक्षा ऐनको उल्लंघन गरी विभिन्न राजनीतिक दलमा संलग्न हुने र सक्रिय रुपमा राजनीतिक दलको कार्यकारिणी पदमा बसेर विद्यालयको पठनपाठन प्रभावित हुनेगरी आचरण विपरीत कार्य गर्ने शिक्षकलाई राजीनामा गराउन पत्राचार गरेका हुन् ।

राजनीतिमा सक्रिय नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई पदबाट राजीनामा दिन लगाई त्यसको विवरण सात दिनभित्र नगरपालिकामा पेस गर्न भनिएको छ।

 



प्रतिक्रिया दिनुहोस्