Logo

टेक्सासमा २१ जनाको हत्यापछि विक्षिप्त आमाबाबु, भन्छन्–अब बच्चालाई स्कुल पठाउने छैनौ



न्यूयोर्क, ११ जेठ । अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो भएको गोलीकाण्डमा परी १९ विद्यालयका बालबालिकासहित दुई जनाको मृत्यु भएको छ ।

टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा १८ वर्षीय युवकले गोली चलाएका हुन् । यस आक्रमणमा विद्यालयका कर्मचारी र प्रहरीसहित १३ बालबालिका घाइते भएका छन् । तर, प्रहरीले आक्रमणकारीलाई मारेको दाबी गरेको छ ।

यो घटनापछि अमेरिकी अभिभावकमा डरको वातावरण छ । धेरै अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने निर्णय गरेका छन् ।

आक्रमणपछि आइपुगेका धेरै अभिभावकहरू आफ्नो बच्चाको स्वास्थ्यको लागि प्रार्थना गर्दै र एकअर्कालाई अँगालो हालेर रोएका थिए ।
रोब इलिमेन्टरी स्कूलमा अध्ययनरत एक बच्चाकी आमाले आफ्नो बच्चालाई अब कहिल्यै अमेरिकी स्कूलमा नपठाउने बताइन्।



प्रतिक्रिया दिनुहोस्