Logo

मुल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रियो (फोटोफिचर)



काठमाडौं, ११ जेठ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

मंगलबार उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई मुल्य वृद्धि खारेजीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका विद्यार्थी संगठनले आज निगमको कार्यालय घेराउ गरेका हुन् ।

विद्यार्थीहरुले ‘सबै मुल्यवृद्धिको जड पेट्रोलियम पदार्थमा कर, छिटो फिर्ता गर’, ‘पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि खारेज गर’, ‘कार्यकारी निर्देशक उमेश थानी राजीनामा दे’ जस्ता प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मुल्य वृद्धि पटक–पटक नगर्न समेत सरकारलाई आग्रह गरेका छन् । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्