Logo

दलबाट वाक्य भएर जनताले स्वतन्त्र उम्मेदवार छाने : सिपी गजुरेल



काठमाडौं, ११ जेठ । देशभक्त जनगणतान्त्रिक  मोर्चा नेपालका संयोजक सिपी गजुरेलले स्थानीय तहको निर्वाचनमा जनताले दलहरुबाट दिक्क भएर स्वतन्त्र उम्मेदवार छानेको बताएका छन् ।

राजधानीमा बुधबार मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले अब दलहरुप्रति जनताको असन्तृष्टि बढ्दै गएको हुनाले सोच्नुपर्ने समय आएको बताएका हुन् ।

नेता गजुरेलले काठमाडौं महानगरमा अपरिचित युवा बालेन्द्र साहले त्यति धेरै भोट ल्याउँछन् भनेर कसैले नसोचेको सुनाए । उनले भने,‘एउटा अपरिचित युवालाई यत्रो मत कसरी हाले ? यसको संकेत के हो ? धरानमा त्यस्तै भयो, हर्क साम्पाङले गत वर्षको स्थानीय तहको चुनावमा ५ सय मत पनि ल्याएका थिएनन् अहिले जित हासिल गरे ।’ विराटनगरमा जित्ने मेयर र उपमेयरले ल्याएको मत भन्दा धेरै मत बदर भएको भन्दै अब यी सबैको कारण जनताको असन्तृष्टि भएको उनको भनाई थियो ।

उनले स्थानीय तहको निर्वाचन अगाडी निर्वाचन आयोगले ७८ प्रतिशत मात्र भोट खस्ने प्रक्षेपण गरेकोमा काठमाडौंमा नै ५२ प्रतिशत मात्रै मत खसेकोमा चिन्ता व्यक्त गरे। ‘देशको राजधानी काठमाडौंमा ५२ प्रतिशत मात्र मत खस्यो । आयोगले प्रक्षेपण गरेअनुसार भोट नखस्नुको कारण के हो ? दुर्गम स्थानमा हिड्न गाह्रो हुन्छ र कम भोट खस्यो भन्न सकिन्छ तर यहाँ त ५ मिनेटको बाटो छ, सबै सुविधा सम्पन्न छ तैपनि भोट हाल्न किन गएनन् ।’– उनले भने । चुनावको दिनमा सरकारले छुट्टी समेत दिएको उनले सुनाए ।

Photo : Mukunda kalikote



प्रतिक्रिया दिनुहोस्