Logo

अहिलेको विकास केपी ओलीकै पालमा भएको हो, यो त निरन्तरता मात्रै हो : मोती दुगड (भिडिओसहित)



काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री मोती दुगडले सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रम एमालेको सरकारले यसअघि ल्याएको कार्यक्रमको निरन्तरता मात्रै भएको दाबी गरेका छन् । उनले नीति तथा कार्यक्रममा कार्यान्वयन हुनै नसक्ने कुरापनि समावेश गरिएको आरोप लगाए ।

उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा शंका रहेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु नीति तथा कार्यक्रमको कार्यान्वयनको पक्षमा रहेको सुनाए ।

उनले सरकार एक्लैले गरेर देश विकास नहुने भन्दै यसमा सबैको योगदान रहनुपर्नेमा जोड दिए । उनले आफूले पनि मन्त्री भएर देशको सेवा गरेको उल्लेख गर्दै के कति योगदान गरेको हो भनेर जनताले मूल्यांकन गर्ने विश्वास दिलाए । उनले अहिले मुलुकमा बेरोजगारी बढेकोे पनि सुनाए ।

मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नेगरि नीति तथा कार्यक्रम नआएको उनको जिकिर छ । उनले अहिले देखिएका विकास निर्माणका काम यसअघिको केपी शर्मा ओलीकै पालामा भएका कामको निरन्तरतामात्रै भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्