Logo

ओलीले सुनाए पार्टी हानुृको मुख्य कारण



काठमाडौं, ११ जेठ । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर समिक्षा गरेको छ । आज बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको विश्लेषण सुनाएका छन् ।

उनले चौतर्फी घेराबन्दीको बावजुद पनि पार्टीप्रति जनताले देखाएको समर्थन स्वागतयोग्य रहेको बताएका थिए ।  तर, निर्वाचनमा पार्टी हार्नुको मुख्य कारण नै एमालेभित्र नै अन्तरघात हुनु भएको उनको टिप्पणी थियो । उनले अब पार्टीले अन्तरघातको गम्भीर समिक्षा गर्ने पनि बताए । चुनावी परिणामपछि ओलीले पहिलो पटक बुधबार यसबारे प्रतिक्रिया दिएका हुन्।



प्रतिक्रिया दिनुहोस्