Logo

पर्यटनमन्त्री श्रेष्ठको पहलमा गौतमबुद्ध क्रिकेट मैदान संघीय कार्यक्रममा समावेश



काठमाडौं, ११ जेठ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको पहलमा चितवनको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी कामलाई टुंगोमा पुर्याउन समन्वय र सहजिकरण गर्ने कार्यक्रम समावेश भएको छ । संघीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरिएको हो ।

पर्यटन मन्त्री श्रेष्ठको पहलमा धर्मुस–सुन्तली फाउण्डेसनमार्फत निर्माण पूरा नभएको उक्त क्रिकेट र रंगशाला निर्माणको बाँकी कामलाई टुंगोमा पुर्याउन समन्वय र सहजिकरण गर्ने भएको छ ।

खेलकुदका माध्यमबाट पर्यटन क्षेत्रको विकासका लागि चितवन जिल्लाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य हाल विभिन्न कारणले रोकिएको हुँदा सो पूर्वाधारलाई समयमै सम्पन्न गर्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, संघसंस्था एवं सरोकारवालासँग छलफल र सहकार्य, समन्वय गरी कार्य अगाडि बढाउने पर्यटनमन्त्री श्रेष्ठको प्रस्ताव थियो ।  उक्त प्रस्तावलाई संघीय सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

पर्यटनमन्त्री श्रेष्ठको प्रस्तावमा अब उक्त अलपत्र क्रिकेट रंगशालाले संघ, प्रदेश, स्थानीय तह संघसंस्थाको सहकार्यकामा पूर्णता पाउने देखिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्