Logo

एनसेलद्धारा पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई सम्मान



काठमाडौं, ११ जेठ । एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत छात्रवृत्ति तथा उत्कृष्टता सम्मान ललितपुरस्थित होटल हिमालयमा आयोजित एक विषेश कार्यक्रममा विद्यार्थीका अभिभावकहरू, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू र अन्य पाहुनाहरूको उपस्थितिमा सम्मान गरेकोे हो।

यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम अन्तर्गत, एनसेलले २०७६ साल देखि २०८० सालसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ।

यसअघि एनसेलले उत्कृष्ट विद्यार्थीहरूलाई २०७१ देखि २०७५ सम्म ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो। प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य छ।

एक जिम्मेवार व्यावसायिक नागरिकका रूपमा, प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै दक्ष जनशक्तिको विकासका लागि योगदान पु¥याउन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा २०७१ मा यो छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरिएको थियो।

यो वर्ष एनसेल छात्रवृत्ति एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदील इस्रार, वित्तीय प्रमुख कनिश्क गयान विक्रमा, चिफ स्ट्राटिजी अफिसर इरविन एम। युसुफ र सुरक्षा तथा प्रशासन प्रमुख महेन्द्र कुमार भट्टचनले प्रदान गरेका थिए। त्यसैगरी एनसेल उत्कृटता सम्मान इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राध्यापक रामचन्द्र सापकोटा र एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले संयुक्त रूपमा विद्यार्थीहरूलाई प्रदान गरेका थिए।

यस वर्ष १८ वटा शीर्षक अन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, कम्प्युटर, सिभिल र मेकानिकल संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ। साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ।

यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १र१ जना र यी पाँचै संकायका छात्राहरू मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्छन्। हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ।



प्रतिक्रिया दिनुहोस्