तमु समाज पोर्चुगलको अधिवेशन सम्पन्न, अध्यक्षमा विकास गुरुङ


जेठ ११, पोर्चुगल । करिब तीन हजारको संख्यामा तमु (गुरुङ )हरु रहदै आएको पोर्चुगलमा यहि २२ तारिक आईतवार लेस्बोनमामा तमु समाज पोर्चुगलले ७ औ अधिबेशन सम्पन्न गरेको छ । पुर्व सचिव तारा गुरुङ (हाल महासचिव) ले राष्ट्रिय गानबाट सुरुभएको कार्यक्रममा “शास्त्र हराए सस्कृती हराउँछ, सस्कृती हराए परम्परा हराउँछ, परम्परा हराए मान्छे (जाती) हराउछ भन्ने नारा बाचन गरिएको थियो ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अहिलेको कार्यसमिति लेस्बोनको मात्रै नभई टोरेस सान्तोतोनियालगायत पोर्चुगलको विभिन्न स्थानमा रहेकाहरुलाई समावेश गरिएको छ ।

संस्थाको अध्यक्षमा विकास गुरुङ र वरिष्ठ उपाध्यक्षमा मिलन गुरुङ दोहोरिएका छन् । दुवै जनाले यसअघिको कार्यकालमा राम्रो काम गरेरकाले पुनः अवसर दिँदै निर्विरोध निर्वाचित गरिएको हो ।

प्रथम उपाध्यक्ष गोमा गुरुङ, द्धितिय उपाध्यक्ष सुरज गुरुङ, उपाध्यक्ष जमुना गुरुङ, उपाध्यक्ष, केष गुरुङ, उपाध्यक्ष, विशाल गुरुङ र महासचिवमा तारा गुरुङ चयन भएका छन् । त्यसैगरी सचिबमा गनि गुरुङ, कोषाध्यक्षमा राज गुरुङ र देवी गुरुङ तथा सहकोषाध्यक्षमा समीर गुरुङ चयन भएका छन् ।
संस्थाको सांस्कृतिक विभाग प्रमुखमा बौद्ध प्रसाद गुरुङ र खेलकुद बिभाग प्रमुखमा (सानु)चन्द्र ब.गुरुङ रहेका छन् ।
सदस्यहरुमा सुनिता गुरुङ, बुद्दद्ध गुरुङ, जगत गुरुङ, मिना गुरुङ, सुनी गुरुङ, शेर बहादुर गुरुङ, मुन्ना गुरुङ, अमर गुरुङ, बुद्धि माया गुरुङ, सुस्मा गुरुङ, भुपेन्द्र गुरुङ धन बहादुर गुरुङ, सुदर्शन गुरुङ, मोहन गुरुङ, सागर गुरुङ, जीवन गुरुङ, मनोज गुरुङ, बादल गुरुङ, नवीन गुरुङ, अमर गुरुङ र राजु गुरुङ रहेका छन् ।

तमु समाज पोर्तुगल स्थापना कालदेखिनै पोर्तुगलमा निक्कै ठूलो दबदबाब रहेको पाईन्छ । चाहे मृत्यु भएको तमुको शब नेपाल पठाउन होस वा मिर्गौला पीडितलाई सहयोग गर्न होस या स्वास्थको लागि खेलकुद नै किन नहोस, सबै कुरामा अब्बल रहको छ । समाजले कोरोनाको बेला केही कम सक्रिय भए पनि अब हेरक क्षेत्रका लागि प्रभावकारी उपस्थिती जनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

अधिवेशनमा जनजाति महासंघ पोर्चुगलको अध्यक्ष हेम बहादुर गुरुङ, मगर समाज पोर्चुगलको अध्यक्ष कमल पुन, किरात राई सोसाइटी पोर्चुगलको अध्यक्ष दिपेस राई, शेर्पा किदुक पोर्चुगलको अध्यक्ष निमा शेर्पा, किरात याक्थुङ चुम्लुङ पोर्चुगलको अध्यक्ष प्रेम लिम्बु, लमजुङ समाज पोर्चुगलको अध्यक्ष लोकेन्द्र गुरुङ र रमेश कुमार गुरुङको सहभागिता थियो ।
–पोर्चुगलबाट अमृत महरट्ठाको सहयोगमा

Skip This

Omoda E5 Pro