Logo

पाकिस्तानमा राजनीतिक टकराव बढ्यो, इमरान खान नेतृत्वको प्रदर्शनविरुद्ध सेना परिचालन



एजेन्सी, १२ जेठ । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानले सरकारविरोधी प्रदर्शनको आव्हान गरेका छन् । उनको आव्हानसँगै पाकिस्तानमा अस्थिरता बढ्न थालेको भन्दै सेहवाज सरिफ नेतृत्वको सरकारले सेनालाई सुरक्षाको निर्देशन दिएको छ ।

रेड जोन भनी तोकिएको क्षेत्रमा प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि सरकारले सेनालाई कडा निर्देशन दिएको हो । बिहिबार विहानै इमरान खान इस्लामावाद छिरेका छन् । उनको प्रवेशलगत्तै ट्वीटमार्फत पाकिस्तानका आन्तरिक मामला मन्त्री राना सनाउल्लाले पर्याप्त सुरक्षाफौजका लागि सेनालाई निर्देशन दिइएको बताएका छन् ।

सरकारका महत्वपूर्ण भवनहरुको सुरक्षाका लागि सेनालाई खटाउने निर्णय लिइएको जनाइएको छ । इमरान खान नेतृत्वको प्रदर्शनकारीहरु राजधानी इस्लामावादमा केन्द्रित छन् । उनीहरुले तत्काल चुनावको माग गरेका छन् ।

खानले हरेक पाकिस्तानी नागरिकलाई वास्तविक स्वतन्त्रताका लागि घर घरबाट निस्कन आव्हान गरेका छन् । उनले आव्हानले पाकिस्तान नयाँ द्वन्द्वमा जान लागेको छ । खानले पाकिस्तानमा अमेरिकाको हस्तक्षेप रहेको भन्दै सरकारविरोधी अभियान नै चलाएका छन् । अमेरिकी विरोधी भावनालाई पाकिस्तानमा जगाएर खानले राजनीतिक लाभ लिन खोजेको आरोप लाग्न थालेको छ ।

खान नेतृत्वको सरकार संसदमा अविश्वासको प्रस्तावमार्फत् ढलेको थियो । खानले मध्यावधि चुनावको निर्णय लिएपनि त्यहाँको सर्वोच्च अदालतले उल्टाएको थियो ।



प्रतिक्रिया दिनुहोस्