Logo

वाइडेनको चेतावनीलगत्तै चीनद्वारा ताइवान वरिपरि सैन्य अभ्यासको घोषणा



एजेन्सी, १२ जेठ । चीनले कुनैपनि बेला ताइवानमाथि कब्जा जमाउने रणनीति बनाइसकेको छ । चीनको यो रणनीति गत वर्ष नै खुलेको थियो । एकीकरणको नाममा २०२५ भित्र ताइवानमाथि नियन्त्रण बनाउने चीनको योजनाबारे खुल्ला बहस बेइजिङमै भएको थियो ।

चीनले ताइवानमाथि कब्जा जमाउन पूर्वतयारी गरिरहेको विषय बाहिर आइसकेको छ । उसले इन्धन र आवश्यक कच्चा पद्धार्थ वर्षौं सम्म पुग्ने गरी जोहो गरिरहेको छ । चीनको यो गतिविधिप्रति अमेरिकाले कडा भनाई सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले ताइवानमाथि चीनले हमला गरे हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । वाइडेनको अभिव्यक्तिलगत्तै चीनले ताइवानको वरिपरि सैन्य अभ्यासको घोषणा गरेको छ । त्यहाँ सैनिक गतिविधि बढाएको छ । ताइवानको वरिपरि चीनले हवाई र सामुन्द्रिक युद्ध अभ्यास गर्ने बताइएको छ ।

चीनले ताइवानलाई आफ्नो भूमि भनी दाबी गर्दै आएको छ । तर, अमेरिका, जापानलगायतका देशहरुले ताइवानलाई साथ दिदै आएका छन् । उनीहरुले ताइवानको रक्षाका लागि चीनको प्रतिकार गरिने चेतावनी समेत दिइरहेका छन् ।

युक्रेनमाथि रुसी हमलापछि चीनले पनि ताइवानमा हमला गर्ने चर्चा चल्ने गरेको छ । त्यसका लागि चीनले निकै लामो तयारी गरिरहेको विषय बाहिर आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्