Logo

काठमाडौं महानगर १३ मा एमाले विजयी



काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिका १३ को भर्खरै सम्पन्न मतगणना अनुसार नेकपा (एमाले) विजयी भएको छ ।

उक्त वडामा एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका छन् । ध्रुवनारायणले तीन हजार १२४ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाएका छन् ।

महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला विजयी भएका छन् । खुला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला विजयी भए ।

महानगरको अन्तिम मतपरीणाम आउन बाँकी छ । अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ ।



प्रतिक्रिया दिनुहोस्