Logo

काठमाडौं प्रमुखमा वालेन्द्रको मत ५९ र उपप्रमुख सुनिताको ६६ हजारभन्दा बढी



काठमाडौं, जेठ १२। काठमाडौं महानगरपालिकाको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार बिहीबार बिहान ७ः४५ बजेसम्म एक लाख ८३ हजार ६७९ मतगणना हुँदा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले मत ५९ हजार १४९ मत ल्याएका छन् ।

प्रमुखमा नेपाली कांग्रेसका सिर्जना सिंहले ३७ हजार ५४२ र नेकपा (एमाले) का केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् । । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले पाँच हजार ५६५ र स्वतन्त्र (आँखीझ्याल) निर्वाचन चिह्न भएको स्वतन्त्र उम्मेद्वार सुमन सायमीले १३ हजार ३५४ मत ल्याएका छन् ।

महानगर उपपमुखमा एमालेकी सुनिता डंगोलले ६६ हजार ८७८ मत प्राप्त गरेकी छन् । नेकपा -एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत ल्याएका छन् । । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार बिनिता मगैयाले ११ हजार ६४७ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचन चिह्न लौरोले छ हजार ३३६ र आँखिझ्यालको मत १३ हजार १७६ रहेको छ ।

काठमाडौं महानगरको अब वडा नं १४, १५ र १६ गरि तीन वडाको मतगणना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्