Logo

मनोज पाण्डेद्धारा बलात्कारको आरोप अस्वीकार



काठमाडौं, १२ जेठ । किशोरी बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेसँग मंगलबार प्रहरी र सरकारी वकिलले बयान लिएको छ । बयानको क्रममा पाण्डेले किशोरीलाई आफुले केही नगरेको बताएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत र जिल्ला सरकार वकिल कार्यालयका प्रतिनिधिले पाण्डेसँग लिएको बयानमा उनले आफुमाथि किशोरीले लगाएको आरोप अस्वीकार गरेका हुन् ।

किशोरीले २०१४ मा मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिता पछि सक्सेस पार्टी भन्दा अघि एभरेष्ट होटलमा पाण्डेलृे आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । पाण्डेविरुद्ध प्रहरीले शरीरबन्धक तथा मानव बेचविखन विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्