Logo

रोमालाई कन्फ्रेन्स लिगको उपाधि



एजेन्सी । इटालियन क्लब एएस रोमाले युईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा फेयेनोर्डलाई १-० गोलले पराजित गर्दै रोमाले पहिलोपटक युरोपियन प्रतियोगिताको उपाधि जितेको हो ।

अल्बानियामा भएको फाइनल खेलमा रोमालाई जीत दिलाउन निलोलो जानिओलोले एक गोल गरे । पहिलो हाफको ३२ औं मिनेटमा मान्सिनीको पासमा जानिओलोले गोल गर्दै रोमालाई शुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा रोमा १-० गोलले विजयी भयो ।

जीतसँगै रोमाले १४ वर्षपछि पहिलो उपाधि जितेको छ ।



प्रतिक्रिया दिनुहोस्