Logo

माल्भिका सुब्बाले दिइन् यस्तो बयान



काठमाडौं, १२ जेठ । पुर्व मिस नेपाल माल्भिका सुब्बाले मंगलबार प्रहरी समक्ष बयान दिएकी छिन् ।

एक किशोरीले आफुलाई मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिताको क्रममा मनोज पाण्डेले बलात्कार गरेपछि सुब्बासँग सहयोगको लागि सम्पर्क गर्दा असहयोग गरेको आरोप लगाएकी थिइन् ।

सुब्बाले प्रतियोगितामा आफु कोरियोग्राफर रहेको, कार्यक्रम अवधिभर कसैले पनि दुव्र्यवहारबारे आफुसँग कुरा नगरेकोे प्रतियोगितापछि भएको सक्सेस पार्टीमा पीडित युवती पनि सहभागी भएको सुनाएकी हुन् ।

आफु पनि त्यत्तिबेला तनावमा भएको बयानमा बताएकी छिन् । किशोरीको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सुब्बाको आलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्