Logo

विद्यापीठ पुनःनिर्माण हुने



काठमाडौँ,१२ जेठ । भक्तपुर तलेजुको कर्माचार्य समुदायको पुजारीहरुको विद्यापीठ पुनःनिर्माण हुने भएको छ ।

भक्तपुर नगरपालिका–५ सुकुलढोकास्थित तलेजुमा पूजा गर्न तान्त्रिक विधिअनुसार कर्माचार्य समुदायलाई दीक्षित गराउने विद्यापीठ विसं २०७२ सालको भूकम्पले क्षति भएकाले पुनःनिर्माण गर्न पुरातत्व विभागले बजेट बिनियोजन गरेको हो । पुरानै संरचनाअनुसार प्यागोडाशैलीमा निर्माण गरिने तीनतल्ले विद्यापीठ विभागले रु एक करोड ५० लाख बजेट विनियोजन गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

दीक्षित पुजारीहरुले मात्रै प्रवेश गर्न मिल्ने विद्यापीठको पुनःनिर्माण कार्य सुरु गर्नुअघि तान्त्रिक विधिअनुसार क्षमा पूजा सम्पन्न भइसकेको छ । विद्यापीठको बाहिरी आकर्षक भित्तेचित्रमा असर नपर्ने गरी जमिन तल्लाको भाग नभत्काई क्षति भएका संरचनाको आवश्यकताअनुसार पुनःनिर्माण गरिने कार्यालयका प्रमुख अरुणा नकर्मीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्