Logo

पल शाहको फैसला आजै आउन सक्ने



काठमाडौं, १२ जेठ । बलात्कारको अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका अभिनेता पल शाहको फैसला आज आउन सक्ने सम्भावना रहेको छ । उच्च अदालत पोखरामा शाहको आज थुनछेक आदेशको मुद्दामा सुनुवाई हुँदैछ ।

शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्धय ऋषिराज भण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परको छ । शाहका म्यानेजर कृष्ण जोशीले चलखेल गरेको भन्दै उनलाई पनि थुनामा राख्न सरकारी वकिलले निवेदन दिएको छ । आज सबै मुद्दामा सुनुवाइ हुने जनाइएको छ।

बिहीबार उच्च अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटीमा थुनामुक्त गरेर मुद्दा लड्ने भन्ने सम्बन्धमा आदेश दिनेछ ।



प्रतिक्रिया दिनुहोस्