Logo

‘‘म देशभित्र जाँदा इजाजत लिन्छु, विदेशी सहायकमन्त्रीले इजाजत लिनुपर्छ कि पर्दैन”



काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू देशभित्रै जाँदा इजाजत लिएर मात्र जाने गरेको भन्दै अमेरिकी उपसहायकमन्त्री उज्रा जीयाले इजाजत लिनुपर्दैन भनी प्रश्न गरेका छन् । आज प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति इंकित गर्दै एउटा सहायकमन्त्री आउँदा सत्ता पक्षकाहरुलाई कामज्वरो आएको बताए ।

‘मैंले देशभित्रै जाँदा इजाजत लिन्छु, जुम्ला जाँदा लिएको छु,’ ओलीले प्रश्न गरे,‘विदेशी सहायकमन्त्री आउँदा इजाजत लिनुपर्छ कि पर्दैन ?’ अमेरिकी उप सहायकमन्त्री जीया स्कटिङ गरेर गुम्बा गुम्बा पुगेको ओलीको टिप्पणी थियो । उनले भने,‘ स्कर्टिङ दिएर एउटा सहायकमन्त्री आउँदा गुम्बा गुम्बामा कहाँ कहाँ । कस्तो छिमेक सम्बन्धप्रति हाम्रो इमान्दारिता हुन्छ कि हुँदैन ?’

गठबन्धनले सत्ता र स्वार्थका लागि देशको परराष्ट्र नीतिलाई नै निजी ठानेको आरोप लगाए । एक चीन नीतिको परराष्ट्रनीति विरुद्ध सरकार गएको देउवाको आरोप थियो । उनले भने,‘कति नाजुक यो गठबन्धन, एउटा सहायकमन्त्री आयो भने कामज्वरो आउँछ ।’

कुनैपनि विदेशी मित्रराष्ट्रलाई आफ्नो भूमि प्रयोग गर्न नदिने सुनिश्चितता गरिएकोमा त्यसविपरित गठबन्धनले भूमिका देखाएको ओलीको आरोप थियो । उनले भने,‘मुखले एकथोक र छद्म तरिकाले अर्को व्यवहारले अर्को होइन ।’ देशको भूमि कुनै अर्को देशविरुद्ध प्रयोग गर्न खोजेको भन्दै देशलाई संकटमा हाल्न खोजेको आरोप लगाए ।

नेपाल एक चीन नीतिमा रहेको बताउँदै ओलीले भने,‘ नेपाल एक चीन नीतिमा छ भन्ने थाहा छैन, कहाँसम्म सीमा छ भन्ने थाहा छैन ?’ वैदेशिक मामला क्रसरोडमा रहेको टिप्पणी गरे ।

गठबन्धन सरकार कम्फर्टेबल हुन बनिदिएको टिप्पणी गर्दै भने,‘गठबन्धनले कम्फर्टेबल हुने बाटो बाहेक केही समातेन । नेपालको इज्जतको हुर्मत लिने काम भएको छ ।’



प्रतिक्रिया दिनुहोस्