Logo

यौन दुर्व्यवहार गरेपछि स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बित



काठमाडौं, १२ जेठ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक कर्मचारीलाई युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बन गरेको छ ।

परिषदले इन्टर्नसिपमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरेको हो ।

झाले आफुलाई दुर्व्यवहार गरेको भन्दै युवतीले निवेदन दिएपछि परिषदले सोधपुछ गर्दा घटना भएको पाएपछि कारवाही अगाडी बढाएर छानबिन समिति समेत गठन गरेकोे जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्