Logo

करण जौहरको बर्थडे पार्टीमा प्रेमिकासँग रोमान्टिक स्टाइलमा देखिए ऋतिक रोशन



एजेन्सी, १२ जेठ । धर्मा प्रोडक्सनका मालिक तथा प्रसिद्ध निर्देशक–निर्माता करण जौहरले बुधबार आफ्नो ५०औं जन्मदिन मनाएका छन् ।

उनको जन्मदिनमा चलचित्र क्षेत्रका धेरै कलाकारहरुको सहभागिता रहेको थियो । यस क्रममा ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको जोडी सबैभन्दा बढी लाइमलाइटमा परे । पार्टीमा दुवैले रोमान्टिक शैलीमा एकअर्काको हात समातेको देखियो । कालो पहिरनमा दुवैजना निकै सुन्दर देखिन्छन् ।

यो जोडीको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसलाई फ्यानहरुले निकै रुचाएका छन् र प्रतिक्रिया पनि दिइरहेका छन् । यी तस्विरहरु मार्फत ऋतिक रोशनले सबा आजादसँगको सम्बन्धमा मोहर लगाएको मानिन्छ । सबा र ऋतिक लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् ।

करण जौहरको जन्मदिनको पार्टीमा ऋतिक र सबाको जोडीले सबैको ध्यान खिचेको थियो । पार्टीको क्रममा जोडीको एउटा भिडियो पनि भाइरल भइरहेको छ । जसमा दुबैको केमेस्ट्री देख्न सकिन्छ । यस क्रममा ऋतिकले धेरै स्टारलाई प्रेमिका सबासँग भेटघाट पनि गराए ।

 



प्रतिक्रिया दिनुहोस्