Logo

स्रोत नखुलेको नगदसहित पक्राउ



पर्सा, १२ जेठ । स्रोत नखुलेको नगदसहित एकजना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित भारत बिहार बेतिया ग्रामपंचायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय रामलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक रामलाई उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्