Logo

काठमाडौंको वडा नं १५ मा एकीकृत समाजवादी विजयी



काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी ( एस)ले खाता खोलेको छ । महानगरको वडा नम्बर १५ को वडाध्यक्षमा एसका उम्मेदवार ईश्वरमान डंगोल विजयी भएका हुन् ।

डंगोलले ३ हजार ४७६ मत ल्याएर निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली कांगे्रसका जीवन डंगोललाई फराकिलो मतान्तरले पराजित भएका हुन् ।

कांग्रेसका डंगोललाई १५ सय ७२ मत प्राप्त गरेका छन् । एमालेका पुर्णकाजी डंगोलले १३ सय ९३ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्