Logo

इनरुवा अस्पतालका चिकित्सकहरुले मागे मेसुको राजीनामा



काठमाडौं, १२ जेठ । इनरुवा अस्पतालका निमित्त मेसु डा देवराज घिमिरेले अभद्र व्यवहार गरेको भन्दै डाक्टरहरुले राजीनामा माग गरेका छन्।

सुनसरी सदरमुकाममा रहेको उक्त अस्पतालका डाक्टरहरुले डा.घिमिरेले अस्पतालमा कार्यरत डा.अमित मेहतामाथि अभद्र व्यवहार गर्ने गरेको आरोप लगाएका हुन्।

डाक्टरहरुले अस्पताल भित्र सुशासन कायम गर्ने नाममा नियमित काम गर्ने इमान्दार स्वास्थ्यकर्मी माथी हस्तक्षेप कार्य बन्द गर्नपर्ने माग राखेका छन् । मेसुले राजीनामा नदिए इमरजेन्सी बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

 



प्रतिक्रिया दिनुहोस्