Logo

ईपीएल आयोजना गर्न स्वीकृति नपाएपछि सर्वोच्चमा रिट दायर



काठमाडौं, १२ जेठ । एभरेष्ट प्रिमियर लिग (इपिएल) को आगामी संस्करणको लागि नेपाल क्रिकेट संघ (क्यान)ले अनुमति नदिएपछि सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ ।

ईपिएलले क्यानलाई विपक्षी बनाएर अन्तरिम आदेशको मागसहित सर्वोच्चमा बुधबार रिट दायर गरेको हो । क्यान आफैले क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग आयोजना गर्ने भएकोले फ्रेन्चाइज क्रिकेटलाई राष्ट्रिय प्रतियोगिताको रुपमा स्वीकृती नदिने निर्णय गरेको हो ।

ईपिएलले स्वीकृती नदिए क्यानका सबै कार्यक्रम वहिस्कार गर्ने चेतावनी दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्