Logo

नेप्सेमा आज झिनो अंकको सुधार



काठमाडौं, १२ जेठ । शेयर बजारमा आज झिनो अंकको सुधार आएको छ ।

नेप्से परिसुचक बिहीबार ८ दशमलव ३ अंकले बढेर २२ सय ३९ दशमलव ६० विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ३९ अंकले वृद्धि भई ४३६ दशमलव ४७ विन्दु कायम भएको हो ।

बिहीबार २२२ कम्पनीको ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँ बराबरको २३ लाख २४ हजार ६६५ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्