Logo

काठमाडौंमा आजदेखि ३ दिन मोर्डना र फाइजर खोप दिइँदै



काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा कोरोनाविरुद्धको मोर्डना र फाइजर खोप अभियान सञ्चालन भइरहेको छ । एक सुचना जारी गर्दै महानगरले आजदेखि शनिबारसम्म ३२ वटै वडामा खोप दिइने जानकारी दिएको हो ।

बिहान १० बजेदेखि अपरान्ह्र ४ बजेसम्म खोप लगाउने कार्यक्रम रहेको भन्दै महानगरले सबै वडाका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा गएर खोप लगाउन आग्रह गरेको छ ।

महानगरको अनुसार पहिलो र दोस्रो डोज लगाएको ३ महिना पुरा भएका १८ वर्ष माथिकाले मोर्डना र १२ देखि १७ वर्ष सम्मका नागरिकले मोर्डना/फाइजर दुवै खोप लगाउन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्