Logo

बालकुमारीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ



काठमाडौं, १२ जेठ । ललितपुरको बालकुमारीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन् ।

सर्लाहीका लालबन्दी नगरपालिका–१५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर थिङलाई हतियारसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट मेड इन युएस लेखिएको अटोमेटिक पेस्तोल, म्याग्जिन २ वटा, गोलि ४ वटा बरामद भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्