Logo

ओलीले ‘राज्यलाई सम्पत्ति दिने कोही छ’ भनेपछि झलनाथ खनालले भनेः राज्यलाई ५५ रोपनी पैत्रिक जग्गा दिएँ



काठमाडौं, १२ जेठ । प्रतिनिधि सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कडा रुपमा प्रस्तुत भए । उनले आफूले सबै सम्पत्ति राज्यलाई बुझाएँ भनेँ । आफूलाई भ्रष्टाचारको आरोप लगाउने विपक्षी नेताहरुलाई चुनौती दिए ।

ओलीले ३ घन्टा लामो बोलेर नेताहरुलाई चुनौती दिएपछि नेकपा एसका सम्मानित नेता समेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले कडा जवाफ दिए । उनले आफू ओलीभन्दा पहिले एमालेको अध्यक्ष र प्रधानमन्त्री बनिसकेको सुनाए । ‘उहाँले सबै श्री सम्पत्ति राज्यलाई बुझाएँ, अरु कोही छ भन्नुभयो ? मलाई त्यसको जवाफ दिन खसखस लाग्यो’, खनालले ओलीको बोलीको जवाफमा भने,‘मैंले धेरै पहिले इलाममा रहेको पैत्रिक सम्पत्तिका रुपमा रहेको ५५ रोपनी जग्गा सीटीइभीटी निर्माण गर्न दिएँ । आफ्नै जग्गा दिएर सिटीइभिटी बनाएँ ।’

ओलीलाई आफूमात्र दानी हुँ भन्ने लाग्ने गरेको टिप्पणी गरे । इलामको सीटीइभीटी डाँडामा गएर अवलोकन गर्न भने । उनले भने,‘कतै हाम्रो प्रतिपक्षीका नेतालाई आफूमात्र दानी छु भन्ने लागेको होला । अरु पनि होलान् र आउलान् पनि ।’

खनालले ओलीले जे पनि आफूले मात्र गरेको भन्ने गरेकोमा कडा जवाफ दिदै अरु नेताले पनि आफ्नो सम्पत्ति राज्यलाई दिंदै जाने बताए ।



प्रतिक्रिया दिनुहोस्