Logo

पश्चिमाहरु असफल हुने पुटिनको ठोकुवा



एजेन्सी, १२ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरु आफ्नो योजनामा असफल हुने बताएका छन् । उनले जस्ले रुसलाई क्षति पुर्याउन खोज्यो उसैलाई क्षति पुगेको टिप्पणी समेत गरे ।

आज युरेसियन इकोनोमिक फोरममा बोल्दै पुटिनले पश्चिमा देशहरुले आफ्नो शक्तिको बढी आँकलन गरेको बताए । रुसलाई कम आँकलन गरेर आफूलाई बढी शक्तिशाली आँकलन गर्दा पश्चिमा देशहरु असफलतातर्फ धकेलिएको पुटिनको टिप्पणी थियो ।

पुटिनले भने,‘कुनै विश्वको प्रहरी हुँ भन्नेले प्राकृतिक वैश्विक प्रक्रियालाई अवरुद्ध गर्न सक्दैन । कोही पनि एक्लो शक्तिशाली छैन ।’

रुसलाई चुनौती दिनेहरुले आफ्नै देशभित्र चुनौतीको सामना गरिरहेको पुटिनको भनाई थियो । उनले अमेरिकातर्फ लक्षित गर्दै आफै समस्यामा परेको टिप्पणी गरे । रुसमाथि प्रतिबन्ध लगाउँदा विश्वभर मूल्यवृद्धि भएको बताए ।

युरेसियन इकोनोमिक युनीयनमा आर्मेनिया, बेलारुस, काजिकिस्तान, किर्गिजस्तान र रुस सदस्य छन् । ती देशका राष्ट्राध्यषहरु सम्मेलनमा सहभागी भए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्