Logo

मन्त्री आलेले पोखराका मेयर आचार्यको प्रशंशा गर्दै भनेः हुने विरुवाको चिल्लो पात



काठमाडौं, १२ जेठ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य निर्वाचित नहुँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि गृहकार्यमा लागिसकेको बताएका छन् । उनले आचार्य मेयर निर्वाचित हुने भएसँगै काठमाडौं पुगेर विमानस्थल खुलाउनका लागि सम्बन्धित मन्त्रीहरुलाई समेत भेटेर कुराकानी गरिसकेको बताए ।

‘हुने विरुवाको चिल्लो पात भनेझैं निर्वाचित हुने भएसँगै मलाई फोन गरेर भेट्न आउँछु वन, भौतिक र अर्थमन्त्रीज्यूहरुसँग पनि समय मिलाइदिनुहोस् भन्नुभयो,’ आलेले भने,‘मैंले अहिले नै नआउनुहोस् भन्दा आएर राति अबेरसम्म धाएर भेट्नुभयो ।’

पोखराले काम गर्ने मेयर पाएको बताउँदै विमानस्थल चलाउन आवश्यक कार्य अगाडि बढाइहाल्ने बताए । ल्यान्डफिल्ड साइटको काम पनि अगाडि बढ्ने बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्