Logo

पृथ्बी पल्टिएमात्रै नेपालमा राजसंस्था फर्कन्छ, नत्र असम्भव छ : गोकुल बाँस्कोटा (भिडिओसहित)



काठमाडौं, १३ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमालेबाहेकका सबै दललाई मिलेर आउन र निर्वाचन एक्लै लड्न चूनौति दिएका छन् । उनले आजपनि नेपाली कांग्रेसभन्दा एमालेको जनमत बलियो रहेको दाबी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले एमालेको पक्षमा १९ प्रतिशत मत बढेको जिकिर गरे । उनले नेपालमा अब राजसंस्था पृथ्बी पल्टिएमात्रै फर्कन नत्र असम्भव रहेको दाबी गरेका छन् ।

उनले कांग्रेस, माओवादी केन्द्रले राप्रपासँग तालमेल गरेको भन्दै आपत्ति जनाए । उनले नेपालमा दलीय व्यवस्था कहिल्यैपनि असफल नहुने दाबी गरे । उनले स्वतन्त्र उम्मेद्धवारले जित्दैमा आश्चर्य मान्न नहुने पनि जिकिर गरे । काठमाडौं महानगरमा बालेन्द्र साहको जीतलाई बाँस्कोटाले सामान्य रुपमा लिएको स्पष्ट पारे । उनले कुनै बेला नानीमैयाँ दाहालले पनि जितेको तर पञ्चायत नरहेको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्