Logo

इमरान खानले यसकारण गरे फेरि भारतको प्रशंशा



एजेन्सी, १३ जेठ । पाकिस्तानमा पेट्रोलियम पद्धार्थको मूल्य फेरि वृद्धि भएको छ । प्रति लिटर पेट्रोल र डिजेलको ३० पाकिस्तानी रुपी वृद्धि भएको छ ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले मूल्य वृद्धिमा सरकारको गलत विदेश नीति कारक रहेको बताएका छन् । रुससँग आफैले सस्तोमा तेल खरिद गर्ने सहमति गरेकोमा कार्यान्वयन नभएको बताए । ३० प्रतिशत सस्तो मूल्यमा रुससँग तेल खरिद गर्ने सहमतिलाई सेहजाव सरिफ नेतृत्वको सरकारले कार्यान्वयन नगर्दा मूल्यवृद्धि भएको उनको आरोप छ ।

खानले फेरि भारतको प्रशंशा गरे । भारतले रुससँग सस्तोमा तेल किनेर मूल्य घटाएको बताएका छन् । अमेरिकासँग भारतको साझेदारी रहेपनि रुससँग पनि रणनीतिक फाइदा लिइरहेको खानको भनाई छ ।

पाकिस्तानको अन्तर्राष्ट्रिय मुद्रा कोषसँग दोहामा वार्तालगत्तै तेलको मूल्यवृद्धि भएको हो । सेहवाज सरिफ सरकारमा आएपछि रुस र चीनसँग पाकिस्तानको दूरी बढ्न थालेको छ । खानले सरिफलाई अमेरिकाको स्वार्थमा काम गरिरहेको आरोप लगाइरहेका छन् । पाकिस्तानले आफ्नो रणनीतिक स्वार्थमा ध्यान दिनुपर्ने भन्दै उनले भारतले जस्तै राष्ट्रको हितमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिइरहेका छन् । उनले भारतको विदेश नीतिको प्रशंशा गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्