Logo

“पार्टी जहाँ छ, हार वा जित त्यहीँ हुने हो, लोसपाले पहाडमा कसरी जित्छ ?”



काठमाडौं, १३ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले निर्वाचनमा हारजित सामान्य भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने, “जुन पार्टी जहाँ छ, त्यहाँ जित्छ या हार्छ । लोसपा पहाडमा छँदै छैन त कसरी जित्छ ? पहिले पनि मधेसमा जति स्थानीय तह थिए, ती सबै हामीले जितेका होइनौ । पहिले २६ वटा जित्दा अहिले १६, १७ वटा जितेका छौं । पहिले जति जित्न सकेका छैनौं ।”
मधेसको चुनावमा पार्टीभन्दा व्यक्ति हावी हुने पनि झाले औंल्याए । उनले भने, “आफ्नो कमजोरी आफैंलाई थाहा हुन्न । त्यसले पार्टीलाई कमजोर बनाएको छ । जनताले जहिले पनि परिवर्तन खोजेको हुन्छ । त्यो स्वाभाविक पनि हो । मधेसमा पार्टीले चुनाव जित्दैन, व्यक्तिले जित्छ । मधेसको भूराजनीति तपाईंलाई पनि थाहा छ । स्थानीय समस्याका आधारमा समीकरण मिल्नुपर्छ । हामीले स्थानीय तहमा पार्टीगत चुनाव हुनुहुन्न भन्यौं । किनभने पार्टीगत चुनावले समाजमा विभाजन आउँछ । मैले ३३ वर्ष मधेसवादी राजनीति गरें । जम्मा एक पटक जितेको छु । चार वर्ष सांसद भएको छु । हारमा के छ, जितमा के छ ?”



प्रतिक्रिया दिनुहोस्