Logo

भारतमा एकैदिन २७ सय संक्रमित फेला, १४ जनाको मृत्यु



एजेन्सी, १३ जेठ । भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबारको तुलनामा करिब ३ प्रतिशतले कोरोना संक्रमित थपिएका हुन् । बिहीबार २ हजार ६२८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै यस अवधिमा १४ जनाको मृत्यु भएको छ ।

बुधबार २ हजार १२४ र बिहीबार २ हजार ६२८ जनामा कोरोना देखिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्