Logo

श्रीमतीको हत्यामा संलग्न रञ्जन कोइराला बानेश्वरबाट पक्राउ परे



काठमाडौं, १३ जेठ । श्रीमतीको हत्यामा संलग्न रञ्जन कोइराला पक्राउ परेका छन् । उनी बानेश्वरबाट पक्राउ परेका हुन् । श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय सर्वोच्च अदालतले हिजो (बिहीबार) उल्ट्याइदिएको थियो।

सो फैसलासँगै उनलाई पक्राउ गर्न प्रहरी सक्रिय थियो । उनी सशस्त्र प्रहरी बलका पूर्वडिआइजी समेत हुन्। उनलाई काटमाडौंको बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्ययका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले गरेको फैसला बिहीबार सर्वोच्च अदालतले उल्टाएसँगै कोइराला फरार थिए ।

कोइरालालाई श्रीमती हत्या अभियोगमा कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे ८ वर्षमा झार्ने राणासहितको इजलासको फैसला सर्वोच्चले उल्टाएको थियो । कोइराला साढे ८ वर्ष कैद भुक्तान गरेर रिहा भएका कारण अब उनले साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्ने छ । कोइरालाले श्रीमती गीताको काठमाडौंमा हत्या गरि पालुङ पुर्‍याएर जलाएका थिए ।



प्रतिक्रिया दिनुहोस्