Logo

आजको प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेश हुँदै



काठमाडौं, जेठ १४ । आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण आजको प्रतिनिधि सभामा पेश हुँदैछ । बैठकमा शुक्रवारका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण पेश हुन नपाएको थिएन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ । भोली (आइतवार) हुने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेश गर्ने छन्।

सरकारले भदौ १५ गते आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्न लागेको हो । नीति तथा कार्यक्रमबाट आएका सुझावलाई समेटेर बजेटमा समावेश गरिने बताइएको भए पनि छलफल अझै सकिएको छैन ।

गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot