Logo

ओलीलाई देउवाको कडा जवाफ, संसदमा के के भने



काठमाडौं, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएको विषयको जवाफ दिएका छन् । उनले आज जवाफ दिने क्रममा सबैभन्दा बढी प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ फागुनमा उठाएका गम्भीर प्रश्नहरुको जवाफ दिएका छन् ।

देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट रहेको जवाफ दिए । ओलीले यसबारे सदनमा प्रश्न उठाएकोमा देउवाले देशको भूमि फिर्ता गर्न कूटनीतिक पहल भइरहेको बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा नेपाल सरकार स्पष्ट छ । सीमा सम्बन्धी विषय संवेदनशील हो । वाता र कूटनीतिक माध्यमबाट समाधान हुनेपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन तीन वर्ष पहिले बनेकोमा ओली प्रधानमन्त्री हुँदा किन नबुझेको भनेर प्रश्न गरे । ओलीले इपीजीपको प्रतिपेदन नबुझेको भन्दै सरकारको आलोचना गरेका थिए । कूटनीतिक सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्ने देउवाले बताए ।

सरकार एक चीन नीतिप्रति स्पष्ट रहेको देउवाको भनाई छ । छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकार प्रतिवद्ध रहेको बताए । ओलीले सरकारको एक चीन नीतिप्रति आशंका व्यक्त गर्दै गम्भीर प्रश्न उठाएका थिए । देउवाले आफ्नै सरकारको पालामा विगतमा चीन विराधेीलाई प्रतिबन्ध लगाएको स्मरण गराए ।

देउवाले निर्वाचन धाँधलीरहित भएको बताए । छिटफुट घटना भएको र त्यसैका आधारमा धाँधली भएको भन्न नमिल्ने जिकिर गरे । ओलीले चुनावमा धाँधली रहेको बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्