Logo

गणतन्त्र संसारकै उत्कृष्टमध्येको शासन व्यवस्था होः प्रधानमन्त्री



काठमाडौं, जेठ १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् ।

गणतन्त्र स्थापना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतिक दल र जनताले सहयोग आवश्यक हुने बताएका हुन् ।

२०७७ देखि २०६२/०६३ जनआन्दोलनसम्मका राजनीतिक क्रान्तिले मुलुकमा गणतन्त्रजस्ता राजनीतिक उपलब्धि प्राप्त भएको र हाल देशमा प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापित भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot