Logo

मोरङमा पुरुषको शव भेटियो



मोरङ, १५ जेठ । मोरङमा एक पुरुषको शव फेला परेको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार स्थानीय तुलसी श्रेष्ठको शव फेला परेको हो ।

५० वर्षीय श्रेष्ठको शव सडक छेउको नाली नजिक बाँझो खेतमा फेला परेको प्रहरीले जनाएको छ । मृतकको निधारमा र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

प्रहरीले हत्या गरेर फालेको हुनसक्ने अनुमान गरेको छ । स्थानीय शव देखेर प्रहरीलाई खबर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्