Logo

बेपत्ता तारा एयरको विमान खोज्न काठमाडौंबाट सेनाको हेलिकप्टर मुस्ताङ उड्यो



काठमाडौं, १५ जेठ । आज बिहान बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ । केहीबेरअघि मात्रै हराइरहेको तारा एयरको विमान खोज्न सेनाको हेलिकप्टर मुस्ताङतर्फ उडेको हो ।

हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएपनि पुष्टि भने हुन सकेको छैन् । मूस्ताङको तेले, घाँसा, टिटि लगायतको स्थानमा विमान खसेको आशंका गरिएको छ ।

घाँसाका स्थानीयवासिन्दाले ठुलो आवाज आएको र आगो बलेको देखिएको खबर गरेपछि विमान खोजीको टोली उतै केन्द्रीत भएको हो ।
१९ यात्रु र ३ जना चालकदलका सदस्य सहित २२ जना बोकेर विमान पोखराबाट जोमसोम उडेको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot