Logo

प्रतिकुल मौसमको कारण विमान खोजीमा गएको फिस्टेल एयर फिर्ता



काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेर बेपत्ता भएको तारा एयरको विमान खोजी कार्यमा प्रतिकुल मौसमको कारण ढिलाइ भइरहेको छ ।

विमान खोजीको लागि उडेको फिस्टेल एयरको हेलिकप्टर प्रतिकुल मौसमको कारण पुनः जोमसोममा नै फर्किएको हो ।

काठमाडौं पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु पनि तयारी अवस्थामा राखिएको खोज तथा उद्धार समन्वय केन्द्र नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको अनुसार हवाईमार्गबाट तत्काल खोजी कार्य नभएपनि स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत खटिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot