Logo

गणतन्त्रलाई अझै संस्थागत गर्नु जरुरी



काठमाडौँ,१५ जेठ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै संस्थागत गर्नुपर्नेमा जोड दिएको छ । गणतन्त्र दिवसका अवसरमा फाउण्डेशनद्वारा आज जारी विज्ञप्तिमा सहीरुपमा गरिने लामो अभ्यासले नै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरिएको छ ।

फाउण्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा स्थानीय तहको पछिल्लो निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै संस्थागत गरेको उल्लेख छ ।

एकै चरणमा देशभर शान्तिपूर्णरुपमा जनताले आफ्ना प्रतिनिधि छान्न पाउनु लोकतान्त्रिक अभ्यासको सुन्दर रुप भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै स्थानीय तह निर्वाचनबाट निर्वाचित प्रमुख÷उपप्रमुख एवं अध्यक्ष÷उपाध्यक्षलगायत जनप्रतिनिधिले गर्ने सही अभ्यासले नै यो व्यवस्थालाई संस्थागत गर्दै लैजाने विश्वास लिएको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्