Logo

बेपत्ता जहाज नभेटिदैं मन्त्रीले दिए श्रद्धान्जली



काठमाडौं, १५ जेठ । पोखराबाट आज बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म सम्पर्कमा आएको छैन् ।

सारा देशवासीले जहाजमा सवार २२ जनाको सकुशल अवतरणका लागि प्राथना गरिरहेका बेला सामाजिक सञ्जालमा भने केहीले श्रद्धान्जली दिन भ्याएका छन् ।

सामाजिक सञ्जालमा अहिले फेक न्युज र पुरानो फोटो भाइरल भइरहेका छन् । त्यसको सिकार बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल पनि भए । मन्त्री ढकालले १९ यात्रुसहित २२ जनाको निधन भएको भन्दै श्रद्धान्जली दिएका छन् ।  उनले अहिले उक्त पोस्ट हटाइसकेका छन् ।

त्यस्तैे, पुष्प कमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले पनि हतारमा श्रद्धान्जली दिएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तारा एयरको जहाज पहाडमा ठोक्किएर दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको भन्दै श्रद्धान्जली दिएकी हुन् । उनले अहिले उक्त पोस्ट हटाइसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्