Logo

मन्त्रिपरिषद् बैठक सम्पन्‍‌न, आगामी आर्थिक वर्षको बजेट स्वीकृत



काठमाडौं, १५ जेठ : मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ ।

आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९÷८० को बजेट स्वीकृत गरेको हो ।

मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक डाकिएको छ ।

१५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot